FAQs Complain Problems

FAQ

बाबुको ठेगाना नभएका बच्चाको आमाको नामबाट जन्म दर्ता गर्न मिल्दछ ?

उत्तर : मिल्दछ । बाबुको ठेगान नभएका बच्चाको जन्मदर्ता गर्न सूचना फारामको बाबुको विवरणको महलमा ठेगान नभएको व्यहोरा लेखि आमा सूचक बनि जन्मको घटना दर्ता गर्न सकिन्छ ।।

व्यक्तिगत घटना दर्ताको लागि सूचक को हुन्छ ?

उत्तरः व्यक्तिगत घटना दर्ताको लागि देहाय बमोजीमका सूचक हुन सक्दछन् ।

व्यक्तिगत घटना
सूचक बन्न सक्ने व्यक्ति

जन्म

- बुवा–आमाबाजे वा परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको

उमेर पुगेको व्यक्ति,

 

- धर्मपुत्र पुत्रीको जन्म दर्ता गर्न कानून बमोजिम पारित लिखत समेत राखी धर्मपुत्र वा

धर्मपुत्री राख्ने बाबु वा आमाले,

 

- बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको

स्थानीय पञ्जिकाधिकारी कसलाई भनिन्छ ?

उत्तर: (क) नगरपालिकाहरुका हकमा वडा सचिव र वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) को सहमतिमा नगरपालिकाको सचिवले तोकेको स्थानीय निकायको कर्मचारी, 
(ख) गाउँ विकास समितिको हकमा गाविस सचिव र गाविस सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) ले तोकिदिएको स्थानीय निकायको कर्मचारी |

व्यक्तिगत घटना कसले गर्दछ ?

उत्तर: स्थानीय पञ्जिकाधिकारीले ।

व्यक्तिगत घटना दर्ता कहाँ गरिन्छ ?

उत्तर: सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको पालिका ।

व्यक्तिगत घटना दर्ता गर्नु जरुरी छ छैन ?

उत्तर: जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।

व्यक्तिगत घटना दर्ता के हो ?

उत्तर: व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।